भारतमा दुई हप्ता लकडाउन थप्ने तयारी



नयाँदिल्ली ।

भारतमा कोरोना अर्थात् कोभिड १९ को जोखिम अभफै बढ्न सक्ने भन्दै भारत सरकारले लक डाउन अवधि दुई हप्ता थप्ने तयारी गरेको छ।शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्‍यमन्त्रीहरुसँगको करीब ४ घण्टा लामो बैठकमा लकडाउन बढाउने तयारी गरेको दिल्लीका मुख्‍यमन्त्री अरविन्द केजरीवालले ट्विटर मार्फत बताएका छन् ।

उनले ट्विटरमा भनेका छन्, ‘ प्रधानमन्त्रीले लक डाउन बढाउने सही निर्णय लिनु भएको छ।’ तर लक डाउनको घोषणा हुन भने बाँकी रहेको छ।मुख्यमन्त्री केजरीवालले सञ्‍चारमाध्‍यमसँग भने लकडाउनबारे प्रधानमन्त्री मोदी स्वयमले घोषणा गर्ने बताएको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्।बैठकमा मोदीले लगाएको आफ्नो गमछालाई नै मास्क बनाएका थिए।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको ट्वीट

हाल भारतमा वल्र्डओमिटरको तथ्याङ्क अनुसार झण्डै ७ हजार ६ सय कोरोना भाइरसका संक्रममित बिरामी रहेका छन् भने २४९ जनाले ज्यान गुमाईसकेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्