कोरोना फैलिनुमा फाइभ-जीलाई दोष दिँदै टावर जलाइए



लन्डन (एजेन्सी) ।

कोरोना भाइरसलाई लिएर विश्वमा कयौ प्रकारका अनुमान तथा आशंकाहरु आइरहेका छन् । यसबीच बेलायतमा सबैलाई चकित पार्ने हल्ला फैलिरहेको छ ।

यहाँको सामाजिक सन्जालमा ५जी टावरबाट कोरोना फैलिरहेको हल्ला भाइरल भइरहेको छ । यसलाई विश्वास गर्नेहरु मोबाइलका ती टावरहरुमा आगो लगाउन थालेका छन् । अब यसमा नेसनल हेल्थ सिस्टमले नै अगाडी आएर हस्तक्षेप गर्नु परेको छ । एनएच एसका एक डाक्टरले त्यसतो बिलकुल सम्भव नभएको बताएका छन् ।

डाक्टर गेर बैर्डियाले ५ जीले प्रतिरोधात्मक प्रणाली कमजोर नहुने, न त भाइरस रेडियो वेवको माध्यमबाट प्रसार हुन सक्ने, बताए । उनले भने ( ५जी रोडियो वेबमा अन्यन्त कम उर्जा हुन्छ र त्यसले कसैलाई नोक्सान पुर्याउन सक्दैन ।

पहिला एनालग टीभी हुने गरेको र त्यसमा पनि यही वेवलेन्थ हुने गरेको उल्लेख गर्दै विगत ७० बर्षको प्रयोगपछि पनि त्यसले कुनै नोक्सान नपुर्याएको उनले बताए ।

डाक्टर गेरले भने, भाइरस ५ जीबाट यात्रा गर्न सक्दैन । शरीरमा प्रवेश हुन यो आंखा, नाक वा मुखको म्युकस मेम्ब्रेनका माध्यमबाट फोक्सोको रिसेप्टरसम्म पुग्नु पर्छ , ५ जीको धारणा सही हुनका लागि शरीर भित्र प्रवेश गर्न भाइरसलाई यी कम वेवलेन्थ भएका रेडियो वेब्सका माध्यमबाट ती मार्ग पार गर्नु पर्नेछ ।

यसबीच इन्टरनेसनल कमिसन अन नन आइनाजिंग रेडिएसन पोटेक्सनले पनि मोबाइल नेटवर्कको वेवलेन्थ र कुनै रोगबीच सम्बन्ध भएको त्यस्तो कुनै प्रमाण नभएको प्रष्ट पारेको छ ।

उक्त हल्लाको विश्वास गर्नेहरुले वर्मिंगममा कयौं टावरहरुमा आगजनी गरेका छन् । उनीहरुले इन्जिनियर र टेलिकममा काम गर्नेहरुलाई पनि निसाना बनाए ।

प्रतिक्रिया दिनुहोस्