साउदी अरेबियाका १ सय ५० शाही सदस्य कोरोनाको चपेटामा



रियाद (एजेन्सी) ।

साउदी अरबका सत्तारुढ शाही परिवारका सदस्यहरु पनि कोरोना भाइरसको चपेटामा परेका छन् ।

विगत केही हप्तामा शाही परिवारका १ सय५० सदस्य कोरोना संक्रमित पाएको न्युयोर्क टाइम्सले जनाएको छ । भाइरसबाट जोगाउन साउदी नरेस सलमान र युवराज मोहम्मद बिन सलमानलाई आइसोलेट गरिएको छ ।

रियादका गभर्नर राजकुमार फैसल बिन बन्दर अल साउद पनि कोरोना भाइरस संक्रमित भएका छन् । ७० बर्षका राजकुमार फैसलालाई आईसीयूमा भर्ना गरिएको छ । यहाँको किंग फैसल एलिट हस्पिटलका डाक्टर शाही परिवारके उपचारमा लागेका छन् । साथै अस्पतालमा भिआईपीका लागि ५ सय अतिरिक्त बेड तयार गरिएका छन् ।

अस्पतालका प्रबन्धकले बताएका छन् ( हामीलाई थाहा छैन कति जनालाई हेर्नु पर्ने हुनसक्छ । तर हामी उच्च सतर्कतामा छौं । यहाँका विरामीहरुलाई कम स्तरको अस्पतालमा स्थानान्तरण गरिएको छ ताकी शाही परिवारका सदस्यहरुको उपचारमा कुनै समस्या नआउन् , अस्पतालको बेड र कोठाको कमी नहोस् ।

साउदी अरेबियामा हजारौं राजकुमार छन् । उनीहरु मध्य धेरै जसो नियमित रुपमा युरोप यात्रामा हुन्छन् । यसै यात्राका क्रममा उनीहरु भाइरस संक्रमित भएका हुन् । ३ करोड ३० लाख जनसंख्या भएको साउदी अरेबियामा बिहिबार सम्ममा ३ हजार २ सय ८७ कोरोना संक्रमित भेटिएका छन् भने ४४ जनाके मृत्यु भइसकेको छ । यहाँ इस्लामको सबैभन्दा पवित्र स्थल मक्का र मदिनामा बार्षिक हुने उमरा तिर्थयात्रामाथि पनि प्रतिबन्द लगाएको छ । यसरी मक्काको तिर्थयात्रमा प्रतिबन्द लगाएको २ सय २२ बर्ष पछिको पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्