इयुको ५ सय अर्ब युरोको राहत प्याकेज



ब्रसेल्स,( एजेन्सी ) । 

युरोपेली संघ ( इयु ) का वित्त मन्त्रीहरुबिच कोरोना भाइरस महामारीबाट पिडित युरोपेली मुलुकहरुका लागि ५ सय अर्व युरोको राहत प्याकेज छुट्याउन शुक्रवार सहमति भएको छ ।

युरो समुहका अध्यक्ष मारियो सेन्टेनोले ब्रुसेल्समा चलेको लामो बैठकपछि सो सहमति भएको घोषणा गरेका छन् ।

स्पेनका प्रधानमन्त्रीले आफ्नो मुलुक कोरोना महामारीको सबैभन्दा खराब क्षण तर्फ पुग्नै लागेको बताएपछि यो राहत अभियानको पहल शुरु भएको हो । युरोपभरिमै स्पेनमा सबैभन्दा बढि अर्थात १ लाख ५२ हजार ४ सय ४४ जना संक्रमित रहेका छन् ।

ति मध्ये १५ हजार जना भन्दा बढिको ज्यान गइसकेको छ । अन्तर्राष्ट्रिय मुद्दा कोषका अध्यक्ष क्रिस्टिालिना जर्जिएभाले (९३) दशकको इतिहासकै सबैभन्दा भयावह आर्थिक मनिद पछि विश्वले अर्को त्यो भन्दा भयानक मन्दि भोग्नुपर्ने चेतावनी दिएकी छन् । तर युरोपेली केन्दि«य बैंकले मागेको भन्दा यो प्याकेज सानो रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्