दक्षिण अफ्रिकामा थप दुई साता लम्बियो लकडाउन


प्रिटोरिया ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी बन्दाबन्दी (लकडाउन) लाई अरु दुई साता लम्ब्याउने बिहीबार घोषणा गर्नु भएको छ ।

यसअघि गत मार्च २७ मा शुरु भएको लकडाउन २१ दिनका लागि तय गरिएको थियो । अफ्रिकाका कुनै मुलुकमा जारी गरिएको यो सबैभन्दा कडा व्यवस्था रहेको बताइएको छ ।

अल जजिरा टेलिभिजनका अनुसार उपलब्ध प्रमाणमाथि विचार गरी राष्ट्रिय कोरोनाभाइरस कमान्ड परिषदले २१ दिनको अलावा थप दुई साता लकडाउन गर्न सिफारिस गरेको थियो । राष्ट्रपति रामाफोसाले अब अप्रिलको अन्त्यसम्म मुलुकमा लकडाउन जारी रहने बताउनुभयो ।

उहाँले लकडाउनको पालना राम्रोसँग भइरहेको पनि दाबी गर्नुभयो । “लकडाउन शुरु भएयता नयाँ कोरोना संक्रमित भेटिने दरमा व्यापक रुपमा कमी आएको छ । मार्चमा एक हजार १७० जनामा कोरोना देखिएकामा अहिले कोरोना संक्रमित पुष्टी भइसकेका व्यक्तिको संख्या एक हजार ९३४ रहेको छ । लकडाउन हुनुभन्दा दुई साताअघि नयाँ बिरामी भेटिने औसत दर ४२ प्रतिशत थियो । लकडाउन शुरु भएपछि भने औसत बृद्धिदर ४ प्रतिशत रहेको छ ।”

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।