न्युयोर्कमा सामुहिक चिहान



न्युयोर्क ,(एजेन्सी) । 

अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसको महामारीले तिव्ररुप लिँदै गइरहेकोेबेला न्युयोर्क सिटीमा एउटा सामुहिक चिहानमा कोफिनहरु गाडिँदै गरेको तस्वीर सार्वजनिक भएको छ । सो तस्वीरमा कोफिन भरिएको ठूलो खाल्डामा जान मानिसहरुले भर्‍याग प्रयोग गरिरहेको देखिन्छ ।

परिवार नभएका तथा अन्त्येष्टिका लागि खर्च गर्न नसक्ने मृतकहरुका लागि हार्ट आइल्यान्डमा यसरी सामुहिक अन्त्येष्टि गरिएको बताइएको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकाभरिकै तुलनामा न्युयोर्क राज्यमा कोरोना भाइरसको घटना सबैभन्दा बढि देखिएको छ ।

सो राज्यले विहिवार थप १० हजार व्यक्ति संक्रमित भएपछि कूल संक्रमित संख्या १ लाख ५९ हजार ९ सय ३७ पुगेको तथा ७ हजार जनाको ज्यान गइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्