दक्षिण कोरियामा स्मेल टेस्टको ब्यापक प्रयोग



सोल (एजेन्सी)

कोरोना भाइरस संक्रमणबाट विश्व त्रसित भइरहेका छ । यसको प्रमुख कारणमा रोग लागेको ढिलोमात्र थाहा पाउनु हो । यस समस्याको समाधान दक्षिण कोरिया स्थित अमेरिकी सैन्य सिविरले पत्ता लगाएको छ । उनीहरुले त्यहाँ रहेका प्रत्येक ब्यक्तिलाई स्मेल टेस्ट शुरु गरेको छ । यस परीक्षणबाट कुनै पनि ब्यक्तिमा सुरु अवस्थाको संक्रमण छ वा छैन थाहा हुन्छ ।

अमेरिकी सेनाका अधिकृत केरोल र हेनरी सैन्य अड्डका वरपर इलाकामा यो जाँच गइरहेका छन् । यो बाहेक दक्षिण कोरियाका प्रमुख सहरमा पनि यो परीक्षण भइरहेको छ । स्क्रिनिंगको यो प्रक्रिया अन्तर्गत स्याउको बोक्रा सुंघनलाई भनिन्छ । यदि त्यसको बास्ना थाहा पाउँछ भने ठीक छ , थाहा पाउन नसकेको अवस्थामा त्यसलाई कोरोना संक्रमणको प्रारम्भिक लक्षणका रुपमा लिइन्छ ।

यो संक्रमणमा असफल भएपछि संभावित विरामीको स्क्रिनिंग गरिन्छ । त्यसपछि मात्र उक्त ब्यक्तिमा कारोना संक्रमण भए नभएको पुष्टि गरिन्छ । अन्तराष्ट्र्यि स्तरका फरक फरक चिकित्सकिय संस्थानले कोरोना संक्रमित ब्यक्तिको सुघ्ने र स्वाद थाहा पाउने सक्ती नहुने स्विकारेका छन् ।

दक्षिण कोरियामा कोरोनाको स्क्रिनिंगको शुरुवाट सबैभन्दा पहिला देगु सैन्य अड्डामा भएको थियो । कोरोना भाइरस फैलिएपछि सुरुमा यहाँ स्मेल स्क्रिनिंग सँगै प्रत्येक आवत जावत गर्नेको तापक्रम लिनु अनिवार्य गरिएको थियो । अड्डामा अहिलेसम्म एउटा पनि संक्रमित देखिएको छैन ।

यद्यपी विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणमा सुंघने सक्तिमा पर्ने असरको सोध भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्