सैनिक अखडामा हमला



गाओ, (एजेन्सी)

माली सैनिक कार्यालयले मंगलबार उत्तरी क्षेत्र गाओमा आशंकित जिहादीहरुको आक्रमणमा २० भन्दा बढी सैनिक मारिएको जनाएको छ ।

सो क्षेत्रका बासिन्दाले सोमबार बिहान सबेरै त्यहाँको एउटा सैनिक अखडामा हमला हुनुअघि आफ्ना गाउँहरुबाट थुप्रै कार र मेटरसाइकलमा सशस्त्र लडाकूहरु गएको देखेको दाबी गरेका छन् ।

तिनीहरुका अनुसार लडाकूहरुले बाम्बा शहरनजिकको सो अखडामा आक्रमण गरी हतियार पनि लुटेका थिए । एकजना सैनिक अधिकारीले लडाकू पक्षमा पनि मानवीय क्षति भएको तर तिनीहरुले लाश र घाइतेहरु पनि साथै लिएर गएकाले संख्या यकिन हुन नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्