जनावरमा पनि देखियो कोरोना



न्युयोर्क, (एजेन्सी)

अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाखानामा एक अनौठो घटना देखिएको छ । यहाँ चार वर्षको एक बघिनी पनि कोरोना भाइरस संक्रमित भएको छ ।
आयोवास्थित नेसनल भेटेनरी सर्भिस ल्याबको परीक्षणमा सो बघिनी कोरोनामा पोजिटिभ पुष्टि भएको ब्रोन्क्स चिडियाखानाले जनाएको छ ।

 

नादिया नाम गरेको बघिनीका बहिनी अजुल र अन्य दुई बाघ र तीन अफ्रिकी शेरमा पनि सुख्खा खोकी देखिएको बताइएको छ ।

 

चिडियाघरका कुनै कर्मचारीबाट ती बघिनी संक्रमित भएको त्यहाँका अधिकारीहरूले अनुमान गरेका छन् ।
नादिया र सुख्खा खोकी प्रभावित अन्य जनावरको खानामा पनि कमी आइरहेको चिडियाखानाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्