कीर्तिमानी धावक धरौटीमा रिहा



लन्डन, (एजेन्सी) । 

केन्याका विश्व म्याराथनका कीर्तिमानी पूर्व धावक विल्सन किपसाङ धरौतीमा रिहा भएका छन् । किपसाङले कोरोना भाइरस निर्मूल पार्न केन्यामा लगाएको कफ्र्यु तोडेका थिए । सन् २०१३ मा सम्पन्न बर्लिन म्याराथनमा विश्व कीर्तिमान राखेका किपसाङ स्वयम प्रहरी अधिकारी समेत हुन् ।

उनलाई अदालतले दोषी ठहराएर ५ हजार शिलिङ धरौतीमा रिहा गरिएको थियो । एएफपीले जनाएअनुसार किपसाङले शुक्रबार राति कीलु रिसोर्ट क्लबमा रक्सी पिएर पूल खेलिरहेका बेला पक्राउ गरिएको थियो ।

त्यहाँका प्रहरी कमान्डरले एएफपीले बताए—हामीले किपसाङ र अन्य ९ जनालाई कीलु रिसोर्ट क्लबमा पिएर खेलिरहेका अवस्थामा पक्राउ गरेका थियौं । यीे देशका आदर्श खेलाडीले सरकारको आदेश तोड्नु निकै गम्भीर विषय थियो ।

प्रतिक्रिया दिनुहोस्