क्वारेन्टाइनमा बस्न नमान्ने विदेशीलाई स्वदेश फिर्ता



सोल, (एजेन्सी) ।

दक्षिण कोरियाले क्वारेन्टाइन स्थलमा बस्न अस्विकार गर्ने एकजना तााइवानी महिलालाई स्वदेश फिर्ता पठाएको सोमवार न्युज आउटलेट योन्हापले जनाएको छ ।

विदेशबाट आउने सबैले दक्षिण कोरियाम दुई साता सम्म आफ्नै घर वा सरकारले तोकेको स्थानमा अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्दछ ।

सरकारी क्वारेन्टाइन सुविधाका लागि दैनिक करिव ८१ अमेरिकी डलर लाग्दछ । अन्तिम समयमा ति नाम नखुलाईएकी महिलाले क्वारेन्टाइनमा बस्न राजि भएकी थिइन् । तर उनले आवशयक शुल्क अस्विकार गरेकी थिइन् । उनलाई आइतवार राति स्वदेश फिर्ता पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्