बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना



लन्डन (एजेन्सी) । 

कोरोना भाइरस संक्रमणसँग लडिरहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । उनलाई संक्रमण पुष्टि भएको १० दिन पछि पनि लगातार रोगको लक्षण देखिएको थियो । यद्यपि प्रधानमन्त्री कार्यालय १० डाउनिंग स्ट्र्टिले उनलाई अस्पताल लग्नु भनेको सतर्कता अपनाउनका लागि भएको जनाएको छ ।

प्रधानमन्त्रीलाई अस्पताल भर्ना गराउनु केही दिन अघि उनको स्थिति विग्रँदै गइरहेको हल्ला बाहिर आएको बेलायती अखबार गार्जियनले जनाएको थियो ।

यसबीच विश्वमा कोरोना भाइरस संक्रमित संख्या १२ लाख ७६ हजार ५ सय ६८ पुगेको छ । अहिलेसम्म यस महामारीबाट मर्नेको संख्या ६९ हजार १ सय ७७ पुगेको छ । दुई लाखा ६१ हजार भन्दा बढी विरामी उपचारपछि ठीक पनि भएका छन् । अमेरिकामा विगत २४ घन्टामा १ हजार २ सय २४ को मृत्यु भएको छ । केन्द्र बिन्दु मानिएको न्युयोर्क सहरमा मात्र २४ घन्टामा ६ सय ३० को मृत्यु भइसकेको छ ।

गतहप्ताको तुलनामा इटालीमा आइतबार सबैभन्दा कम मृत्यु भएको छ । आइतबार यहाँ कुल ५ सय२५ को मृन्यु भयो । विगत १४ दिनमा मृत्युको यो सबैभन्दा कम आंकडा हो ।

प्रतिक्रिया दिनुहोस्