कोरोना संक्रमण विरुद्धको यो युद्ध जित्ने छौँ : एलिजावेथ



लन्डन(एजेन्सी) ।

विश्व महामारी कोरोना भाइरसको संक्रमणसँग लडिरहेकी बेलायतकी महारानी एलिजावेथ द्वितीयले देशवासीका नाममा गरेको सम्बोधनमा यस भाइरस विरुद्धको युद्ध जित्न सफल हुने बताएकी छिन् ।

६७ बर्षको आफनो शासनमा पाँचौ पटक दिएको आफनो संम्बोधनमा महारीले देशवासीहरुलाई सरकारी निर्देशन पालना गर्न र एक अर्काको मद्दत गरिरहेकोमा धन्यवाद दिइन् ।

विन्डसर क्यासलबाट दिएको आफनो सम्बोधनमा महारानीले भनिन् ( यदि हामी एकजुट र प्रतिज्ञामा दृढ रहन सके भने यस महामारीबाट माथि आउने छौं ।

महारानी आफै प्रिन्स फिलिपसँग आइसोलेसनमा बसिरहेकी छिन् । महारानी एलिजावेथले आफनो कार्यकालको पाँचौ सम्बोधन बेलायत सहित विश्व नै कोरोना भाइरसको चपेटा फसिरहेको बेलामा गरेकी हुन् । बेलायतमा यस भाइरसबाट मर्नेको संख्या ५ हजार पुगिसकेको छ ।

आइतबार मात्रै बेलायतमा ६ सय २१ जनाको मृत्यु भयो । महारानीले दास्रो विश्व युद्धको स्मरण गराउँदै भने -हामी फेरी भेट्नेछौं । महारानीले देशको चिकित्सा सेवा एनएचएसमा काम गरिरहेका डाक्टर र स्वास्थ्यकमीहरुलाई धन्यवाद दिइन् । यस कठिन परिस्थितिमा देश उनीहरुका साथमा उभेको उनले बताइन् । महारानीको यो दुर्लभ भाषणको प्रत्यक्ष प्रसारण गरिएको थियो र धेरैले हेरेका थिए ।

महारानीको उक्त भाषण रिकर्ड गर्न मात्र एक क्यामराम्यानलाई अनुमति दिइएको थियो । क्यामराम्यानले ग्ल्वोस र सर्जिकल मास्क लगाएका थिए । क्यामराम्यानले धरै दुरीबाट ९३ बर्षिय महारानीको यो भाषण रिकर्ड गरे । यसबीच बेलायतमा कोरोना भाइरसबाट मर्नेको संख्या ५ हजार पुगेको छ । मर्नेहरुमा ३३ बर्ष देखि १ सय ३ बर्ष सम्मको रहेको बताइएकोछ । बेलायतमा कोरोना भाइरस संक्रमित ५० हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्