चिडियाखानाको बाघमा पनि देखियो कोरोना संक्रमण



एजेन्सी ।

अमेरिकामा कोरोना भाइरस संक्रमण लगातार बढिरहेको छ । विश्वभरी कै सबैभन्दा धेरै ३ लाख ३६ हजार विरामी अमेरिका मै संक्रमित छन् ।

अमेरिकामा यस संक्रमणबाट मर्नेको संख्या ९ हजार ५ सय ६२ पुगेको छ । अमेरिकामा यस भाइरसबाट सबैभन्दा प्रभावित न्युयोर्क सहरमा मात्रै अहिलेसम्म २ हजार २ सय ५६ को मृत्यु भइसकेको छ ।

यसैबीच न्युयोर्कको ब्रोन्क्स चिडियाखानामामा एक अनौथो घटना देखिएको छ । यहाँ राखिएको ४ बर्षकी एक बघिनी पनि कोरोना भाइरस संक्रमित भेटिएको छ ।

आयोवा स्थित नेसनल भेटनरी सर्विस ल्याबको परीक्षणमा ती बघिनी कोरोना पोजिटिव पुष्टि भएको ब्रोन्क्स चिडियाखानाले जनाएको छ ।
नादिया नाम गरेकी ती बघिनीकी बहिनी अजुल र अन्य दुई बाघ र तीन अफ्रिकी शेरमा पनि सुख्खा खोकी देखिएको बताइएको छ ।
चिडियाघरका कुनै कर्मचारीबाट ती बघिनी संक्रमित भएको त्यहाँका अधिकारीहरुले मानेका छन् । संक्रमणको लक्षण नदेखिएका कुनै कर्मचारीबाटै उक्त जनावरमा सक्रमण भएको चिडियाखानाले जनाएको छ ।

अत्यन्त सावधानी पुर्वका नादियाको परीक्षण गरिएको जानकारी दिँदै नादिया र सुख्खा खोकी प्रभावित अन्य जनावरको खानामा पनि कमि आइरहेको चिडियाखानाले जानकारी दिए । तर उनीहरु सबैको पर्याप्त रेखदेख भइरहेको त्यहाँको ब्यवस्थापनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्