प्रधानमन्त्रीकी गर्भवती मंगेतर संक्रमित



लन्डन,(एजेन्सी) ।

बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनकी गर्भवती मंगेतर क्यारी साइमोन्डसले आफूमा कोरोनाभाइरसको लक्षण देखिएकाले गत सातादेखि ओछ्यानमा परेको र अहिले ठीक भइरहेको खुलासा गरेकी छन् । ३२ वर्षीया साइमोन्डसले निकट भविष्य मै बच्चाको जन्मदिने तय भइसकेको छ ।

 

दुई साताअघि प्रधानमन्त्री जोहन्सनमा कोरोनाभाइरस पोजिटिभ देखिएको थियो । त्यसपछि उनी एक साताभन्दा लामो समय डाउनिंग स्ट्रिटमा सेल्फ आइसोलेसनमा बस्दै आएका छन् ।

 

त्यसको लगत्तै प्रायशःनम्वर ११ फ्ल्याटमा जोहान्सनसंग बस्ने गरेकी उनले दक्षिण लन्डनको कमवरवेलमा आफ्नो कुकुर डिलिनसंगै सेल्फ–आइसोलेसनमा बस्दै गरेको आफ्नो एउटा तस्वीर सार्वजनिक गरेकी थिइन् । साइमोन्डसले आफू गर्भवतीभएकाले पनि कोरोनाभाइरसको कारण बढी चिन्तित भएको बताएकी छन् ।

 

तर स्वास्थ विशेषज्ञ तथा चिकित्सकहरुकाअनुसार गर्भवती महिलामा रोग प्रतिरोधात्मक क्षमतामा परिवर्तन आउने भएकाले तिनीहरुलाई अन्य सामान्य महिलाका तुलनामा कोरोनाभाइरस संक्रमणको सम्भावना न्यून हुने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्