आर्थिक कोरोवार शुरु हुने



दुवइ,(एजेन्सी)

कोरोनाभाइरसबाट नराम्ररी प्रभावित मुलुक इरानका राष्ट्रपति रुहान िहस्सनले आयतवार आगामी ११ अप्रिलदेखि कमजोखिम युक्त आर्थिक करोवारहरु पुन आरम्भ गरिने बताएका छन् । कोभिड –१९ को संक्रमण नियन्त्रण र रोकथामकालागि इरानले कडा संघर्ष गरिरहेको छ ।
आणविक कार्यक्रम अटेर गरेको आरोपमा संयुक्त राष्ट्र संघबाट आर्थिक नाकावन्दि समेत लगाइएकाले इरान लामो समयसम्म जनजीवन ठप्प गर्दा आउन सक्ने परिणामबाट पनिचिन्तित रहेको छ ।

टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्दै रुहानीले भनेका छन् , ‘ स्वास्थ मन्त्रालयको सुपरिवेक्षणमा कमजोखिमयुक्त अर्थिक कारोवार आगामी शनिवार देखिने थालिने छन् । तर राजधानी तेहरानमा भने १८ अप्रिल देखि मात्र ति गतिविधिहरु शुरु गरिने छ ।

सम्पूर्ण सरकारी कर्मचारी मध्ये दुई तिहाइले शनिवार देखि नै कार्यालय भवन बाहिर बसेर काम गर्नेछन् । ’ शनिवार सम्ममा इरानमा कोरोना संक्रमणको कारण मर्नेको संख्या ३ हजार ४ सय ५२ पुगेको छ । त्यसैगरी कूल संक्रमित संख्या ५५ हजार ७ सय ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्