बेलायतको लबोर पार्टी नेतृत्वमा सर किर



लन्डन, (एजेन्सी)

 

विश्वभरी कोरोना भाइरसको कहरले विक्षिप्त बन्दै गइरहेपनि राजनितिक जोडघटाउमा भने कमि आइरहेका देखिँदैन । यसबीच बेलायतको प्रमुख प्रतिपक्ष दल लेबोर पार्टीले नयाँ नेता चयन गरेको छ । पार्टीको नयाँ नेतामा ५७ बर्षका सर किर स्टर्मर आएका छन् ।
पार्टीको नेतृत्व चयनमा उनको प्रतिस्पर्धा पाटीकी रेबेका लन्ग बेल र लीसा नन्दीसँग थियो । सर किरले लेबोर पार्टीमा नेता जर्मी कोर्बिनलाई प्रतिस्थापन गरेको हो ।

 

पेशाले वकिल स्टर्मर पहिलो पटक सन् २०१५ मा सांसद बनेका थिए । उनी पहिलो चरणको मत गणनामै ५० प्रतिशत भन्दा बढी मतले अगाडी थिए ।
उनले भने आफने उद्देश्य उक्त महान पार्टीलाई एक नयाँ अपेक्षा र विश्वासका साथ एक नयाँ युगमा लिएर जानु रहेको बताए । पार्टीका तर्फबाट जारी गरिएको एक भिडियो सन्देशमा उनले भने ( यो मेरो लागि गर्व र सम्मानको कुरा हो कि मलाई चयन गरियो । म अपेक्षा गर्छु समय आएपछि लेवोर पार्टी एक पटक फेरी देशको सेवा गर्न सकिनेछ, सरकार बनाएर ।

 

नेतृत्व चयनको मतदानमा भाग लिन ७ लाख ८४ हजार सदस्य योग्य थिए तर मतदानमा ४ लाख ९० हजार भन्दा केही बढी मात्र सहभागी भएको थियो ।
पार्टीका शिक्षा सचिवमा एन्जेला रेनेरलाई उप नेतामा चयन गरिएको छ । उनको प्रतिस्पर्धामा अन्य चार आकांक्षी थिए । उनीहरुबीच कडा प्रतिस्पर्धाले मतदान ३ चरण सम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्