विश्वमा कोरोना संक्रमित १२ लाख नाघ्यो, न्युयोर्कमा सैन्य परिचालन



न्युयोर्क (एजेन्सी)

विश्वमा कोविड १९ भाइरस संक्रमित १२ लाख नाघेकोे छ । अमेरिकामा २४ घन्टाभित्र ६ सय ८१ को मृत्यु भएको छ । १ दिन अगाडी मात्रै अमेरिका मै एक दिनमा सबैभन्दा बढी १ हजार ४ सय ८० को मृत्यु भएको थियो ।

अहिलेसम्म अमेरिकामा मर्नेको संख्या ८ हजार ४ आंकडा नाघेको छ । सबैभन्दा बढी न्युयोर्कमा भएको छ र यहाँ मर्नेको संख्या ३ हजार नाघिसकेको छ । विश्वमा यस संक्रमणबाट मर्ने ६४ हजार ८ सय पुगेको छ ।
अमेरिकामा कोराना संक्रमित ३ लाख ११ हजार ३ सय पार गरेको छ भने विश्वभरी यो संख्या १२ लाख १ हजार ७ सय ६७ पुगेको छ । न्युयोर्कमा मात्रै २४ घन्टामा ६ सय ३० को मृत्यु भएको छ ।

 

अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्पले कोरोना भाइरसलाई लिएर आउने दिनमा सयांंैको ज्यान जान सक्ने आशंका गरेका छन् । उनले यस कठिनाई समयमा सेना र स्वास्थ्यकर्मीको फौज तैनाथ गर्ने बताए ।

 

इटालीमा शनिबार ६ सय८१को मृत्यु भयो । यहाँ मर्नेको आंकडा अब १५ हजार ३ सय ६२ पुगेको छ ।
यसबीच कोविड १९ भाइरसबाट सबैभन्दा प्रभावित इटाली र स्पेनमा यस रोगसँगको लडाइमा केही सफलता हासिल गरेको छ । यी दुबै देशमा कोरोना भाइरसबाट सबैभन्द धेरैको मृत्यु भइसकेको छ ।

 

स्पेनमा विगत १० दिनमा सबैभन्दा कम संक्रमित आएका छन् । टेलिभिजनबाट प्रसारित संदेशमा देशका प्रधानमन्त्री पेड्रे साँचेजले यस महामारी कम गर्ने क्रमको थालनी भएको बताए ।

 

त्यसैगरी भाइरसबाट भइरहेको दैनिक मृत्युमा कमी आउने क्रम जारी छ । इटालीमा पहिलो पटक सघन परिक्षणमा विरामीको संख्यामा कमी आएको छ । यसलाई पनि रोग विरुद्ध लडाईमा सफलताका रुपमा लिइएको छ ।

 

त्यसैगरी स्पेन विगत २४ घन्टामा ८ सय ९ को मृत्यु भएपछि यस महामारीबाट यहाँ ११ हजार ९ सय ४७ को मृत्यु भइसकेको छ । आगामी दिनमा स्पेनमा मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका ब्यक्त गरिएको छ । स्पेनका प्रधानमन्त्रीले देशमा २६ अप्रिलसम्मका लागि लकडाउन बढाएको छ ।

 

विगत २४ घन्टामा बेलायतमा ७ सय ८ को मृत्यु भयो । यस महामारीमा बेलायतमा मृत्यु हुनेको संख्या ४ हजार ३ सय १३ पुगेको छ । आइतबार बेलायतकी महारानी एलिजावेथले नागरिकलाई संम्बोधन गर्नेछिन् ।

 

त्यसैगरी फ्रान्समा विगत २४ घन्टामा कोरोना भाइरसबाट ४ सय ४१ को मृत्यु भएको छ । यहाँ यस प्रकोपबाट मर्नेको संख्या ७ हजार ५ सय ६० पुगकोछ ।

प्रतिक्रिया दिनुहोस्