पुरुष र महिलालाई बाहिर निस्कने दिन फरक



लिमा, (एजेन्सी)

कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि पेरु सरकारले शुक्रबार एउटा कडा नयाँ नियम लागू गरेको छ । सो नियमअनुसार अबदेखि सार्वजनिक स्थानमा हिंडडुल लैंगिक आधारमा हुने भएको छ ।

 

अबदेखि पुरुषहरुले सोमबार, बुधबार र शुक्रबार घरबाहिर आवत–जावत गर्न सक्नेछन् भने महिलाहरुका लागि मंगलबार, बिहीबार र शनिबार छुट्याइएको छ । तर आइतबार भने कोही पनि घरबाहिर निस्कन पाउने छैनन् । यसै साताको शुरुमा पानामामा पनि यस्तै प्रकारको नियम लागू गरिएको थियो ।

 

पेरुमा १ हजार ४ सय जनाभन्दा बढी कोभिड – संक्रमित भेटिएका छन् । त्यसैगरी ५५ जना संक्रमितको मृत्यु भइसकेको छ । पेरुका राष्ट्रपति मार्टिन भिज्कार्राले यस अघिका विभिन्न उपायहरुले संक्रमण नियन्त्रणका लागि अपेक्षित परिणाम दिन नसकेको चिन्ता व्यक्त गरेका थिए ।

 

शुक्रबारदेखि लागू हुने यो नयाँ नियम १२ अपिलसम्म कायम रहनेछ । सोही तिथिदेखि १६ मार्चदेखि लागू गरिएको राष्ट्रव्यापि लकडाउन हटाइने भएको छ । आइतबारका दिन भने औषधि पसलदेखि लिएर सबै बन्द हुने तथा अटेर गरेर बाहिर आउनेलाई कडा कारबाही गरिने गृहमन्त्री कार्लोस मेरानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्