विपद् कोषमा सुनकोशी गाउँपालिकाले ३० लाख जम्मा गर्ने

0
Shares

लिला सुनुवार, ओखलढुंगा ।

हाल विश्वमा त्रास फैलाई रहेको नोवेल कोरोना भाइरसको प्रतिरक्षाकालागी सुनकोसी गाउँपालिकाले गाउँपालिकाको बिपद कोषमा ३० लाख जम्मा गर्ने भएको छ । यहि चैत्र २२ गते बसेको सुनकोसी गाउँकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । पहिलो चरणमा गाउँपालिकाले पालिकाको बिपद कोषमा ३० लाखजम्मा गर्ने र पछि आबश्यक्ता अनुसार गाउँपालिकाका जनप्रतिनिधिहरुले ईच्छा अनुसारको रकमजम्मा गर्ने निर्णय गरेको सुनकोसी गाउँपालिकाले जनाएको छ ।

यसै गरि गाउँपालिकाको बिपदकोषमा रकम बृद्धि गर्नका लागी गाउँपालिकामा रहेका र अन्य क्षेत्रमा रहेका उद्मोगी ब्यापारी हरुलाई समेत कोषमा रकमजम्मा गर्न अनुरोध गर्ने गाउँपालिकाले जनाएको छ । यसरि गाउँपालिकाको बिपद कोषमा जम्मा भएको रकमले गाउँपालिकामा २० शैयाको सुबिधा सम्पन्न क्वारेन्टाईन निमार्ण गर्ने सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्ध प्रसाद अधिकारीले बताए । निमार्ण गरिएको क्वारेन्टाईनमा सम्पुर्ण पीपीईका सामाग्रीका साथमा स्वास्थ्य कर्मचारी तैनाथ राख्ने निर्णय रमेत गरिएको पालिका अध्यक्ष अधिकारीले बताए ।

कोषमा जम्मा भएको रकम बाटनै कुनै ब्यत्तिमा कोरोना भाईरसको लक्ष्यण देखिएमा उपचारका लागी उपचार केन्द्ध सम्म पुर्‍याउन सहयोग गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ । यसै गरि गाउँपालिकाको सोहि बैठकले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मचारीहरुका लागी १ महिनाको तलबको ५० प्रतिशत प्रोत्शाहान भक्ता बितरण गर्ने निर्णय समेत सुनकोसी गाउँपालिकाले गरेको छ ।