युरोपमा कोविड १९ बाट मर्ने प्राय ६० बर्ष नाघेका



लन्डन (एजेन्सी)

 

युरोपमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेमा ९५ प्रतिशत भन्दा धरैको उमेर ६० बर्ष भन्दा बढी रहेको जनाइएको छ । तर उमेरका कारण मात्रै यो घातक संक्रमण खतरा भएको तथ्य गलत भएको बताउँदै विश्व स्वास्थ्य संगठनका युरोप प्रमुख डा हान्स क्लुगेले उक्त जानकारी दिएको हो । कोविड १९ ले मात्र बृद्धहरुलाई असर गर्छ भन्ने धारण तथ्यगत रुपमा गलत भएको पनि क्लगेले बताए ।

 

आंकडा अनुसार युरोपमा अहिलेसम्म ३० हजार ९८ जनाको मृत्यु भइसकेको र त्यसमा धेरैजसो इटाली, फ्रान्स र स्पेनको भएको उनले जानकारी दिए ।
मृत्यु हुने पाँचमा चारजना मधुमेह, उक्त रक्तचाप र ह्र्दय सम्बन्धी विरामीमध्य कम्तीमा कुनै एक रोगबाट पिडित रहेको उनले बताए । क्लुगेले भने ( एक सकारात्मक रहस्यका रुपमा त्यसता सुचनाहरु पनि छन् जसमा अस्पतालमा भर्ना भएका १ सय बर्ष भन्दा धेरै आयु बर्गका कोविड १९बाट ठीक भएका छन् ।

 

यद्यपी युवाहरु पनि यसबाट अपराजित भने नभएको उनले बताए । संयुक्त राष्ट्र्र स्वास्थ्य संस्थाले ५० बर्ष भन्दा कम उमेरकालाई पनि मध्यम वा गम्भिर संक्रमण हुने जनाएको छ । किशोर र २० बर्षको आसपास उमेरकाहरुमा पनि गम्भिर संक्रमण देखिएको छ र यसमा कयौंलाई सघन चिकित्साको आवश्यक परेको क्लुगेले थपे ।

युरोपमा विश्वको करिब आधा ५ लाख भन्दा धेरैमा कोरोना पोजिटिव पाइएको छ । विश्वभरी संक्रमित संख्या १० लाख पार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्