विश्वका १५ देश अझै कोरोना मुक्त



लस एन्जलस, (एजेन्सी) ।

अमेरिकाको बाल्टिमोरस्थित जोन्स हप्किन्स युनिभर्सिटीले कोरोना भाइरसको अपडेटका लागि विश्वकै सबैभन्दा विशाल डेटाबेस तयार गरेको छ । धेरैजसो सञ्चार माध्यम तथा सरकारले उक्त विश्वविद्यालयको तथ्यांक नै प्रयोग गरिरहेका छन् ।

 

युनिभर्सिटीका अनुसार कोरोना भाइरस अहिलेसम्म १ सय ८० देशमा पुगिसकेको छ । तर केही त्यस्ता देश पनि छन् जहाँ कोरोना संक्रमण अहिलेसम्म भेटिएको छैन । यसमा उत्तर कोरिया पनि पर्छ ।

 

किम जोंग उन सरकारले उनको देशमा कोरोना भाइरसको कुनै खतरा नभएको, कुैन संक्रमित पनि नभएको बताएको छ । उत्तर कोरियाको सीमा चीन र दक्षिण कोरियाजस्ता कोरोना प्रभावित देशसँग जोडिएको छ । ती दुवै देशमा कोरोना भाइरस शुरुमै फैलिएको थियो ।

 

जोन हप्किन्स युनिभर्सिटीले दिएको मार्च ३१ सम्मको आँकडाअनुसार अफ्रिका महाद्विपमा कयौं देश छन्, जहाँ अहिलेसम्म कोरोना भाइरसको एक पनि संक्रमित भेटिएको छैन । ती देशहरु बोत्सवाना, लेसोथो, यमन, कोमोरोस, मलावी, साओ तामे एन्ड प्रिन्सिपी, दक्षिण सुडान हुन् । ती बाहेक केही स–साना आइल्यान्ड पनि छन्, जहाँ कोरोना भाइरस पुगेको छैन ।

 

यसमा सोलोमन आइसल्यान्ड, भानुआटु हुन् । एसियाली मुलुकमा उत्तर कोरिया, ताजिकिस्तान, तुर्कमेनिस्तानमा अहिलेसम्म संक्रमण भेटिएको छैन । तर संयुक्त राष्ट्रले संक्रमण फैलिएको देश १ सय ९५ जनाएको छ ।
उक्त युनिभर्सिटीका अनुसार ३७ वटा देशमा १० भन्दा कम मात्र संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्