इन्डानेसिया राष्ट्र्पतिद्वारा लकडाउन गर्न अस्विकार



जाकार्ता (एजेन्सी) ।

इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्यामा लगातार बृद्धी भइरहेकोले देशमा आपतकालको घोषणा गरेको छ तर उनले कुनै प्रकारको देशब्यापी लकडाउन लगाउन अस्विकार गरेको छ ।

 

राजधानी जाकार्ता र अन्य प्रमुख सहरमा लकडाउन लागु नगरेकोमा विदोदो प्रशासनको कडा आलोचना भइरहेको छ । ती सहरमा देशका करिब ३ करोड आवादी रहेको छ र ती क्षेत्रमा कोरोना भाइरसबाट धेरैको मृत्यु भइरहेको छ ।

 

संकटकालका बारेमा विदोदोले नागरिकलाई सामाजिक दुरी राख्ने नियम कडा रुपमा पालना गर्न भनेका छन् । त्यसैगरी सामाजिक सहायताका लागि डेढ अर्ब अमेरिकी डलर र निम्न आय भएका कामदारहरुलाई राहत दिने घोषणा पनि उनले गरे ।

 

इन्डोनेसियमा मंगलबारसम्म भाइरसबाट १ सय ३६ जनाको मुत्यु भइसकेको छ भने १ हजार ५ सय २८ जना संक्रमित पाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्