कोरोनाबाट मर्नेको संख्या ४२ हजार नाघ्यो, अमेरिकामा संक्रमित करिब १ लाख ७५ हजार



पेरिस (एजेन्सी) ।

विश्वभरी कोरोना भाइरसबाट मर्नेको संख्या ४२ हजार नाघेको छ । यस विश्व महामारीबाट संक्रमित हुनेको संख्या ८ लाख ५८ हजार ६ सय ६९ पुगेको छ ।
अमेरिकामा मात्र संक्रमित संख्या १ लाख ७४ हजार पुगेको छ । मर्ने ४० हजारमा युरोपकै मात्रै २९ हजार ३ सय ५ छन्, जहाँ इटाली र स्पेनले सबैभन्दा बढी मानविय संकट झेलिरहेको छ ।

यसबीच एक बेलायती सोधले लकडाउनले युरोपमा ५० हजार भन्दा धेरैको ज्यान बचेको दावी गरेको छ ।

 

अमेरिकामा पनि कोरोना भाइरस प्रकोपबाट मर्नेको संख्या चीनलाई उछिनेको छ । चीनको आधिकारीक आंकडामा अहिलेसम्म त्यहाँ ३ हजार ३ सय ९ जनाको मृत्युभइसकेको उल्लेख छ । जबकी अमेरिकामा मर्नेको संख्या ३ हजार ८ सय ९ पुगेको छ । त्यसैगरी इटालीमा सबैभन्दा बढी १२ हजार ४ सय २ जनाको मृत्यु भइसकेको छ भने स्पेनमा दोस्रो सबैभन्दा बढी ८ हजार ४ सय ६४ को मृत्यु भइसकेको छ ।

 

फ्रान्समा मर्नेको संख्या ३ हजार ५ सय २३ पुगेको छ भने तुलनात्मक रुपमा जर्मनीमा धेरै कम ७ सय ७५ को मृत्यु भइसकेको छ । जर्मनीमा कोरोना संक्रमित संख्या ७१ हजार ८ सय ८ पुगिसकेको छ । यद्यपी जर्मनीले पुर्ण लकडाउन गर्न अस्विकार गरिरहेको छ र जनताको रोग प्रतिरोध क्षमता परीक्षण गरी आवागमनका लागि अनुमति दिने निति ल्याएको छ ।

 

अमेरिकामा विगत १ सय बर्षमा कुनै पनि विपत्तीमा मरेको यो सबैभन्दा बढी हो । तर अमरिकी सरकारले कुनै प्रकारको प्रतिबन्ध लागु गर्न अस्विकार गरिरहेको छ र नागरिकहरुलाई घरमै बस्न भनिएको छ ।

 

१० उच्च प्रभावित देशमा पर्ने बेलायत र इरानमा प्रतिबन्धको कदमले पनि राहत मिलिरहेको छैन । मंगलबार कोरोना भाइरसले बेलायतमा ३ सय ८१ को मृत्यु भयो । कोविड १९ ले एकै दिनमा मृत्यु हुनेको यो सर्वाधिक आंकडा हो । मार्च ३० साँच सम्ममा बेलायतको अस्पतालमा भर्ना भएका मध्य १ हजार ७ सय ८९ को मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 

त्यसैगरी इरानमा मंगलबार कोरोना संक्रमणबाट १ सय ४१ को मृत्यु भएको छ, यसले देशमा यस महामारीबाट मर्नेको संख्या २ हजार ८ सय ८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्