भिषण डढेलोमा १९ को मृत्यु



बेइजिंग (एजेन्सी)।

चीनको दक्षिण पश्चिम प्रान्त सिचुआनको सिचांगको जंगलमा भिषण आगलागीमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ जना अग्नि नियन्त्रक र एकजना फरेस्ट गार्ड भएको जनाइएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले स्थानीय अधिकारीलाई उदृत गर्दै आगो सोमबार एक खेतमा लागेको र जंगलमा फैलिँदै गएको जनाएको छ ।

हावाहुरी चलेका कारण नजिकको लिंगसान पहाडी इलाकामा आगो फैलिएको हो । यसले सिचांग सहरमाथि धुँवायुद्ध बाक्लो बाडल छाएको छ । यसबाट ७ लाख आवादी भएको शहरलाई खतरा बढेको छ । आगो निभाउने क्रममा नै ती सबैको मृत्यु भएको हो । मर्नेहरुको विषयमा मंलबारमात्र थाहा पाएको हो ।

 

मंगलबार विहानसम्म आगो बुझाउन १ सय ४० भन्दा धेरै अग्निसमन यन्त्र, ४ हेलिकप्टरसँगै ९ सय दमकलकर्मी र सैनिक परिचालन गरिएका थिए । २ हजार भन्दा बढी सैनिक उक्त काममा लागेको बताइएको छ । अहिलेसम्म १ हजार २ सय भन्दा धेरैलाई सुरक्षित निकालिसकेको छ ।

 

गत अप्रिलमा पनि यसै प्रान्तमा मुली काउन्टीको एक विशाल जंगलमा आगो लागेको थियो । त्यतिबेला ७ सय अग्नि नियन्त्रणमा परिचालन गरिएकोमा २७ दमकलकर्मी मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्