चीनको आर्थिक बृद्धि रोकिने चेतावनी



पेरिस (एजेन्सी) ।

वल्र्ड बैंकले चीनलाई कोरोना भाइरसका कारण देशको आर्थिक बृद्धी रोकिने चेतावनी दिएको छ । पूर्वी एसियामा १ करोड १० लाख गरिबीमा फँसिरहेको वल्र्ड बैंकले जनाएको छ । वल्ड बैंकका अनुसार कोरोना भाइरस महामारीले विश्व अर्थब्यवस्थालाई गहिरो चोट पुर्याउन गइरहेको छ ।

 

वल्र्ड बैकका प्रमुख अर्थशास्त्री मटटुले भने– ‘एसियामा गरिबी बढ्न सक्छ । चीनको अर्थब्यवस्थाको बृद्धी दर २ दशमलव ३ प्रतिशतमा खस्कन सक्छ ।’
केही महिना अघि मात्रै वल्र्ड बैंकले चीनको आर्थिक बृद्धीदर ५ दशमलव ९ प्रतिशतमा सिमित रहने बताएको थियो तर कोरोना भाइरसको संक्रमणले स्थिति अत्यन्त खराब भएको छ ।

 

कोरोनाले युरोप र अमेरिकामा पनि आर्थिक मन्दी सुरु भइसकेको अर्थशास्त्रीहरुले संकेट दिएका छन् । यस प्राण घातक विषाणुका कारण प्राय विश्व नै ठप्प भएको अवस्था छ । एसियमा भारत लगायत कयौं देश लकडाउनमा छन् भने अमेरिका र युरोपका कतिपय देश आंशिक वा पुर्ण लकडाउनमा छ ।

 

यसले विश्वकै उत्पादन, माग र आपुर्तिमा प्रभाव पारेको छ । भाइरसको उदगम स्थल मानिएको चीनमा स्थिति सामान्य तर्फ गइरहेको भएपनि कारखानाहरु पुर्ण स्तरमा सन्चालनमा आइरहेको छैन ।

 

त्यसैगरी अन्य देशमा पनि उद्योग तर उत्पादन रोकिएको अवस्थामा छ । यो स्थिति कम्तिमा पनि दुई महिनासम्म रहन सक्ने भएकोले विश्व अर्थब्यवस्था अझ जटिल अवस्थामा पुग्ने बैंकले प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्