भाइरस पोजिटिभ ह्यान्क्स दम्पतीलाई सन्चो



लन्डन,(एजेन्सी)

कोरोना भाइरस पोजिटिभ भएका कारण उपचार गराइरहेका ओस्कार पूरस्कार विजयी हलिवुड कलाकार टम ह्यान्क्स र उनकी पत्नी रिता विल्सनको स्वास्थ लाभ भइरहेको अस्पताल सुत्रले सोमवार पत्रकारहरुलाई जानकारी दिएका छन् । ह्यान्क्स आफैले पनि आइतवार टिवटरमा लेखेका छन् , ‘ पहिलो पटक लक्षण देखापरेको दुई साता पछि हामी दुवै निकै सन्चो महसुस गर्दैछौं ।

यसरी हामी जस्तै आइसोलेसनमा बसेर उपचार गराउँदा अन्यलाई पनि खतराबाट जोगाउन सकिन्छ । ’ अस्पतालको उपचार सकाएर यो दम्पती अहिले अष्ट्रेलियाको क्विन्सल्यान्ड स्थित भडाको घरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

 

यसै वर्षको शुरुमा अष्ट्रेलिया पुगेकी विल्सनले त्यहाँ थुप्रै कन्सर्टमा भाग लिएकी थिइन् । त्यसैगरी ह्यान्क्सले भने ब्याज लम्र्यानद्वारा निर्देशित चर्चित गायक एल्भिस प्रिस्लेको जिवनीमा आधारित चलचित्रमा अभिनय गरेका थिए । बहुप्रतिक्षित सो चलचित्रमा उनले एल्भिसका म्यानेजर कर्णेल टम पार्करको भुमिका निभाएका थिए । तर उनी अचानक बिरामी परेपछि चलचित्रको बाँकी काम रोकिएको छ ।

 

यस दम्पतीलाई अमेरिकामै कोभिड –१९ संक्रमित भएके वा अष्ट्रेलियामा पुगेपछि भएको हुनसक्ने क्विन्सल्यान्डका स्वास्थ अधिकारीहरुले बताएका छन् । गत साता मात्र अर्का वेलायती कलाकार इदि«स एल्वा पनि कोराना भाइरस पोजिटिभ भएको छन् । त्यसै गरी सन् २००८ मा बोन्ड फिल्म क्वान्टम अफ सालेसमा ड्यानियल क्रेगसंग अभिनय गरेकी अभिनेत्री ओल्गा क्युरीलेन्कोलाई पनि कोरोना भाइरसले समाएको छ ।

प्रतिक्रिया दिनुहोस्