सि –ट्रम्प टेलिफोन वार्ता



OSAKA, JAPAN – JUNE 29: Chinese President Xi Jinping (R) shakes hands with US President Donald Trump before a bilateral meeting during the G20 Summit on June 29, 2019 in Osaka, Japan. (Photo by Sheng Jiapeng/China News Service/Visual China Group via Getty Images)

बेइजिंग,(एजेन्सी)

चिनियाँ राष्ट्रपति सि जिन्पिंगले अमेरिकाका समकक्षी डोनाल्ड ट्रम्पलाई टेलिफोन गरी विश्वव्यापि महामारीको रुपमा देखापरेको कारोना भाइरस विरुद्ध संयुक्त रुपमा लड्न आपसी सहयोग लिएर अघि बढ्न आब्हान गरेका छन् ।

 

उनले अमेरिकाले अहिले भोगिरहेको यस समस्या प्रति चिन्ता व्यक्त गर्दै चीनले अमेरिकालाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाका छन् । ट्रम्पले कोरोना भाइरसको नाम नै वुहान भाइरस रखिनु पर्ने अडान लिन थालेपछि केहि समय यता चीन र अमेरिकाको सम्बन्ध तनाव पूर्ण रहेको थियो ।

 

कोरोना भाइरस चीनको हुवेइ प्रान्तको वुहान शहरबाट शुरु भएको हो । शुक्रवार सि र ट्रम्पबिचको टेलिफोन वार्ता सौहार्दपूर्ण रहेको छ । सिले ट्रम्पलाई महामारी शुरु भए देखि नै चीनले कोरोना भाइरसको जिन सिक्वेन्स लगायत सम्पूर्ण सुचना पारदर्शी गर्दै आएको पनि बताएका छन् । ट्रम्पले यस फोन वार्ताबारे टिवट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्