विदेशीलाई चीन प्रवेशमा रोक



बेइजिंग,(एजेन्सी)

 

चीनले शनिवार देखि लागु हुनेगरी केहि समयका लागि कुनै पनि विदेशी पर्यटकलाई देश नभित्राउने घोषणा गरेको छ । भिसा र आवासिय अनुमति भएकालाई पनि चीन प्रवेशमा रोक लगाइने भएको छ ।

साथै चीनले चिनिया तथा विदेशी एयरलायन्सको उडान प्रति साता एउटैमा सिमित गरेको छ । ति उडानमा पनि यात्रुको संख्या क्षमता भन्दा ७५ प्रतिशत भन्दा बढि हुन नहुने बताइउको छ ।

शुक्रवार चीनले सार्वजनिक गरेको तीन दिन यताको कोरोना भाइरस संक्रमणको घटनामा झण्डै सबै विदेशबाट आएका व्यक्तिमा पाइएको जनाएको छ । विहिवार चीनभरि देखिएका ५५ वटा नयाँ संक्रमणका घटना मध्ये ५४ जना विदेशबाट आएका व्यक्तिमा पाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्