कोरोना उपचारमा कुकुर काम लाग्ने !



लन्डन,(एजेन्सी)

हामीले कोराना भाइरस परिक्षणका लागि नयाँ नयाँ प्रविधि विकास गर्ने कार्यमा तिव्रता पाइरहेको पढ्ने गरेका छौं । यसै क्रममा मानिसको सबैभन्दा असल मित्रको रुपमा चिनिने कुकुर सहयोगी सावित हुने संभावना देखिएको छ ।

बैज्ञानिकहरु सम्मिलित एउटा वेलायती च्यारिटीले कुकुरको सुँघ्ने तिक्ष्ण शक्तिको कारण तिनीहरुलाई कोरोना पत्ता लगाउन प्रयोग सकिने संभावनाको खोजि गर्ने भएको छ । विगतका अनुसन्धानले कुकुरले सुँघेरै औलो रोग पहिचान गर्न सक्ने तथ्य पुष्टि भइसकेको छ ।

 

मेडिकल डिटेक्सन डग्स नामक सो समुहले कुकुरबाट कोभिड –१९ को पहिचान संभाव्यता पत्ता लगाउन लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपकिल मेडिसिन र डह्र्याम युनिभर्सिटीसंग सहकार्य गर्ने जनाएको छ । यस च्यारिटीले विगतमा पार्किन्सन , क्यान्सर र ब्याक्टेरिया संक्रमित रोगीका श्वास वा शारिरीक गन्धको आधारमा रोग पहिचान गर्न कुकुरहरुलाई तालिम दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्