अमेरिकामा सबैभन्दा बढि संक्रमित



एजेन्सी ।

विश्वमै सबैभन्दा बढि कोराना भाइरस संक्रमित भएको मुलुक अमेरिका भएको छ । शुक्रवारको पछिल्लो तथ्यांक अनुसार त्यहाँ संक्रमित व्यक्तिको संख्या ८५ हजार ५ सय नाघेको छ ।

 

अमेरिकाकै जोह्न्स होपकिन्स युनिभर्सिटीद्वारा संकलित पछिल्लो तथ्यांक अनुसार अमेरिकाले चीनको ८१ हजार ७ सय ८२ र इटालीको ८० हजार ५ सय ८९ संक्रमित संख्यालाई नाघिसकेको छ ।

 

तर कोरानाको कारण मर्नेको संख्या अमेरिकामा करिव १ हजार ३ सय पुगेको छ भने यो संख्या चीन र इटालीमा क्रमशः ३ हजार २ सय ९१ र ८ हजार २ सय १५ रहेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुक चाँडै नै नियमित कामकाजमा फर्कने विचार व्यक्त गरेका छन् ।

 

यसैबिच उपराष्ट्रपति माइक पेन्सले सम्पूर्ण ५० वटै राज्यमा कोरोना भाइरस परिक्षण सुविधा उपलब्ध रहेको तथा राष्ट्रभरि ५ लाख ५२ हजार व्यक्तिको स्वास्थ परिक्षण भइसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्