अमेरिका प्राइमरीमा ट्रम्प



वासिंगटन (एजेन्सी)

अमेरिका राष्ट्र्पति डोनाल्ड ट्र्म्पले फ्लोरिडार र इलिनोइजमा प्राइमरी चुनाव जितेको छ । यो जितसँगै उनीसँग अब १ हजार २ सय ७६ भन्दा बढी डेलिगेट्स भइसकेको छ । यसैबर्ष नोभेम्बर ३ मा हुने राष्ट्र्पति चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट ट्र्म्पको उम्मेदवारी तय मानिएको छ ।

 

ट्र्म्पको जितपछि रिपब्लिकन पार्टी प्रमुख रोना म्याकडेनियलले ट्विटमा पार्टीको तर्फबाट आधिकारीक उम्मेदवार बनेकोमा बढाई दिएका छन् । यसबीच डेमोक्र्याटिक उम्मेदवारमा जोय बाइडेनले मंगलबारको प्राइमरीमा पनि आफना प्रत्यासी बर्नी सेन्डर्सलाई पार्दै आफनो अग्रता कायम राख्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्