जोहानेसवर्ग, (एजेन्सी)



दक्षिण अफ्रिकाको प्रहरीले गैंडाको अवैध सिकारमाथि अनुसन्धान गरिरहेका एक प्रभावशाली व्यक्तिको हत्या गर्ने अज्ञात बन्दुकधारीहरूको खोजी गरिरहेको छ। प्रहरी प्रमुख जनरल खेहला सितोलेले लेफ्टिनेन्ट कर्णेल लेरोय ब्रिबरको हत्या मूर्खतापूर्ण कार्य र यसबाट मुलुकलाई ठूलो क्षति पुगेको बताएका छन्।
उनले हालसम्म विशेषगरी गैंडाको सिकारसम्बन्धी जटिल घटनाहरू सुल्झाउँदै आइरहेका थिए। सन् २०१९ मा सिङका लागि ५ सय ९४ वटा गैंडा मारिएका थिए। अघिल्लो वर्ष सो संख्या ७ सय ६९ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्