कोरोनाले वैशाख १८ सम्म हल बन्द



विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा हालसम्म नदेखिए पनि सिनेमा क्षेत्रमा यसको असर पर्ने भएको छ। सरकारले कोरोना संक्रमणको सम्भावनालाई न्यूनिकरण गर्न केही समयका लागि सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले ३० वैशाख १८ गतेसम्मलाई सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो। सिनेमा हलसँगै भिडभाड हुने खेलस्थल, जिम, डान्स बार तथा क्लबलगायतसमेत बन्द गर्ने निर्णय सरकारले गरेको छ।
सरकारले सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लबसँगै करिब डेढ महिनासम्म सिनेमा हल बन्द गर्न लागेको हो। यसको अनुगमनका लागि गृह मन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्