कोरोनाबाट संक्रमित हुनेको संख्या दुई लाख नाघ्यो, युरोपमा सबैभन्दा धेरैको मृत्यु



वासिंगटन, (एजेन्सी)

विश्वमा कोरोना भाइरसबाट संक्रमितहरूको संख्या २ लाख ३ हजार ८ सय ४२ पुगेको छ। हालसम्म १ सय ७० देश यस भाइरसको चपेटामा छन्। कोरोनाबाट मृत्यु हुनेको सख्या ८ हजार २ सय ३१ पुगेको छ। हालसम्म ८२ हजार ८ सय ६६ संक्रमित स्वस्थ पनि भइसकेका छन्।

पछिल्लो आंकडाले युरोपमा एसियामा भन्दा धेरैको मृत्यु भइसकेको देखाएको छ। युरोपमा कुल ३ जहार ४ सय २१ र एसियामा ३ हजार ३ सय ८४ को मृत्यु भइसकेको छ। युरोपेली युनियनले संक्रमण रोक्नका लागि बुधबार आप्mना सीमालाई बन्द गरेको छ।

पाकिस्तानमा २ सय ५४ संक्रमित

पाकिस्तानमा बुधबारसम्ममा कोरोना संक्रमित हुनेको संख्या २ सय ५४ पुगेको छ। हालसम्म २ जनाको मृत्यु भइसकको छ। सबैभन्दा प्रभावित प्रान्त सिन्ध प्रान्तका केही स्कुलहरूमा सन्दिग्धहरूलाई राखिएकोे छ। यहाँ एउटै हलमा ५८ संक्रमित राखिएका छन्।

१ सय ३ वर्षीय महिला स्वस्थ

इरानमा कोरोना भाइरस संक्रमित १ सय ३ वर्षीय महिला उपचारपछि स्वस्थ भएकी छन्। उनी सेमनान शहरको अस्पतालमा भर्ना भएकी थिइन्। पूर्ण रूपमा स्वस्थ भएपछि उनलाई अस्पतालले छुट्टी दिएको छ। उपचारपछि स्वस्थ हुने उनी इरानकी दोस्रो वृद्ध महिला हुन्। यसअघि केर्मान शहरमा ९१ वर्षीया महिला पनि ठीक भएको घटना बाहिर आएको थियो।

अमेरिकाका सबै ५० राज्यमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। बुधबारसम्ममा अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५ पुगेको छ। वेस्ट इन्डिजमा कोरोनाको पहिलो संंक्रमित देखिएको छ। वासिंगटनमा मात्रै ५० जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।

न्युयोर्कमा १२ र क्यालिफोर्नियामा ११ जनाको मृत्यु भइसकेको छ। अमेरिकाका आर्थिक मन्त्री स्टिवन नुचिनले रिपब्लिकन सिनेटर्सहरूलाई संक्रमणको खतरा यसरी नै बढ्ने हो भने अमेरिकाको अर्थ व्यवस्थाको स्थिति २००८ को आर्थिक मन्दीभन्दा खराब हुन सक्ने बताए। कोरोनाले बेरोजगारी दर २० प्रतिशतसम्म पुगेको उनले बताए।

संयुक्त राष्ट्र संघले यस हप्ताका सबै प्रस्तावित बैठक रद्द गरेको छ। सुरक्षा परिषद्को अध्यक्षता हाल चीनसँग छ।

प्रतिक्रिया दिनुहोस्