छोराको हत्या गर्न भन्दै बन्चरो बोकेर हिँडेका अफ्रिकी राजा पक्राउ


काठमाडौँ ।

आफ्नै छोराको हत्या गर्न भन्दै बन्चरो बोकेर हिँडेका अफ्रिकी राजा डालिनडिएबो पक्राउ गरेका छन् । बीबीसीका अनुसार राजदरबारमै राजा बुएलिकाया डालिनडिएबो बन्चरो लिएर छोरा आजिनाथी जेललिज्वे खोजिरहेका थिए।

प्रत्यक्षदर्शीका अनुसार आजिनाथी झ्यालबाट भागेका थिए। तर डालिनडिएबोले बुहारीलाई भने आक्रमण गरेका थिए। हाल उनको अस्पतालमा उपचार भइरहेको छ।

राजा डालिनडिएबोलाई अपहरण, आक्रमण र आगो लगाएको आरोपमा १२ वर्ष जेल सजाय दिइएको थियो।तर त्यहाँको राष्ट्रपतिले चार वर्षपछि नै उनलाई जेल मुक्त गरेका थिए। डालिनडिएबो जेलमै हुँदा उनका छोरा आजिनाथीलाई राजाको भूमिका सुम्पिएको थियो।

आफू हुँदाहुँदै छोरा आजिनाथीलाई राजाको भूमिका दिएकोमा डालिनडिएबो रुष्ट भएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।