पुटिनको कार्यकाल लम्ब्याउने तयारी



मस्को, (एजेन्सी)

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल सन् २०२४ मा समाप्त हुँदै छ। देशको वर्तमान कानुनअनुसार त्यसपछि उनले चुनाव लड्न पाउने छैनन्। यसबीच रुसको संसद्को तल्लो सदन डुमामा मंगलबार पुटिनको कार्यकाल बढाउन नयाँ प्रस्ताव ल्याइएको थियो।

 

यस विषयमा पुटिनले संसद्मा आफू त्यसका लागि तयार भएको तर संवैधानिक अदालतले पहिला यस कदमलाई मञ्जुरी दिनुपर्ने बताए। यो कानुन पारित भएमा ६७ वर्षीय पुटिनले ६ वर्षको दुई थप कार्यकाल पुरा गर्न सक्नेछन्। त्यसपछि उनी सन् २०३६ सम्म सत्तामा रहिरहनेछन्। संसद्मा उक्त प्रस्ताव पुटिन समर्थक तथा पूर्वअन्तरिक्ष यात्री भेलेन्टिना टेरेस्कोभाले ल्याएकी हुन्।

 

प्रतिक्रिया दिनुहोस्