पोखराबाट २ नम्बरी



पत्रकार तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माणाधीन फिल्म २ नम्बरीको छायांकन शुरू गरिएको छ। २ नम्बरीको छायांकन बिहीबार पोखराबाट शुरू गरिएको हो।

 

फिल्मका मुख्य दुई कलाकार नायक दयाहाङ राई र नायिका उगेन छोदेनले पहिलो दृश्य दिँदै यसको छायांकन शुरू गरिएको हो। फिल्मका अन्य दुई मुख्य कलाकार नायक पल शाह र नायिका वर्षा राउत भने चैत ५ गतेबाट छायांकनमा जोडिनेछन्।

 

३५ दिनको सुटिङ सेड्युल राखिएको फिल्मको सम्पूर्ण छायांकन पोखरामा नै हुने निर्माण पक्षले जानकारी गराएको छ। फिल्मले २ साथीको मित्रताको कथा भन्ने निर्देशक लामाले बताए।

 

फिल्म आगामी वर्षको जनै पूर्णिमामा रिलिज हुनेछ। रेड वर्ड प्रोडक्सन र आरआर फिल्म प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपालीले निर्माण गर्ने फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन्। रत्न श्रेष्ठ यो फिल्मको कार्यकारी निर्माता रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्