रकेट आक्रमण



बग्दाद, (एजेन्सी)

इराकी राजधानी बग्दादनजिकै ताजीस्थित अमेरिकी सैन्य आवासमा भएको कात्युसा रकेट हमलामा कम्तिमा ३ अमेरिकी र बेलायती सैनिकको मृत्यु भएको छ।

अमेरिका तथा गठबन्धन सैनिकहरुको इराकस्थित आवास क्षेत्रमा कयौं रकेट प्रहार भएको थियो। बुधबार भएको उक्त आक्रमणको क्षति विवरणको आंकलन भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिए।

मारिनेमा एक अमेरिकी र एक बेलायती सैनिक भएको अमेरिकी सञ्चार माध्यमले जनाएको छ। एकजना अमेरिकी ठेकदारको पनि मृत्यु भएको बताइएको छ। गत अक्टोबरदेखि अहिलेसम्ममा अमेरिकी सेना बिरुद्ध भएको यो २२आंै हमला हो।

 

प्रतिक्रिया दिनुहोस्