पायलटको मृत्यु 



इस्लामावाद,(एजेन्सी)

पाकिस्तानको राजधानी इस्लामावाद नजिकको एउटा पार्कमा बुधवार पाकिस्तान वायु सेना ( पिएएफ ) को एउटा एफ –१६ लडाकु जेट विमान दुर्घटनाग्रस्त भएको छ ।

पिएएफले जारी गरेको एक विज्ञप्तिमा सो विमान आगामी २३ मार्चमा आयोजना हुन गइरहेको राष्ट्रिय परेड दिवसका लागि सो विमानले पुर्व अभ्यास गरिरहेको जनाइएको छ ।

थुप्रै संग्रहालय , गल्फ क्लब र जिन्नाह रंगशाला नजिकको दुर्घटनास्थल साकारपरियान क्षेत्रलाई प्रहरी र सुरक्षाकर्मिले घेरावन्दि गरेको छ । पिएफले पायलट तथा विन्ग कमान्डर नोमान अक्रमको ज्यान गएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्