विमानस्थलमा डकैती



सान्टियागो,(एजेन्सी)

चिलीका प्हरीले राजधानी सान्टियागोको विमानस्थलमा रहेको एउटा भण्डार गृहबाट करिव १ करोड ५० लाख अमेरिकी डलर नगद सिपमेनट चोरी गर्ने शसस्त्र समुहका सदस्यहरुको व्यापक खोजिकार्य शुरु गरेको छ ।

कम्तिमा सातजना हातहतियारले सुस्सजित व्यक्ति अचानक विमानस्थलको कार्गो क्षेत्रमा प्वेश गरेर त्यहाँका सुरक्षाकर्मिहरलाई बन्दुक देखाएर सो रकम लुटेको स्थानिय संचार माध्यमले जनाएको छ । तिनीहरुले यस कार्यका लागि दुईवटा सवारी साधन प्रयोग गरेका थिए । ति मध्ये एउटामा कुरियर कम्पनी डिएचएलको लोगो पेन्ट गरिएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्