नेफ्टा अवार्ड स्थगित



नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को आयोजनामा हुँदै आएको नेफ्टा फिल्म अवार्ड स्थगित भएको छ।केही वर्षदेखि हुन नसकेको सो अवार्डको दसौं संस्करण आगामी चैत २२ गते गर्ने तयारी गरिए पनि विश्वभर फैलँदै गएको कोरोना भाइरसका कारण स्थगित भएको हो।

संघले एक विज्ञप्ति जारी गर्दै सरकारले भीडभाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न अपिल गरेकाले अवार्ड निर्धारित मितिमा गर्न नसकिएको जनाएको छ। ‘आगामी फागुन २७ गते उत्कृष्ट ५ मनोनयन गर्ने र चैत २२ गते टुँडिखेलमा भव्य र सभ्यरूपमा अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको थियो।

‘हामी २७ फागुनमा मनोनयन सार्वजनिक गर्न असमर्थ छौं’, अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेल (गीता) द्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘विगतका वर्षमा विदेशी शहरमा हुँदै आएको कार्यक्रम यसपटक हामी हामै्र मुलुकमा गर्ने योजनामा छौं।’

प्रतिक्रिया दिनुहोस्