कोरोनाको प्रभाव



सिड्नी, (एजेन्सी)

अहिले अस्ट्रेलियामा मानिसहरुबीच कोरोना भाइरस सन्त्रासकै सिलसिलामा घरमा जगेडा राख्न ट्वाइलेट पेपर किन्न तछाडमछाड भइरहेको छ। सरकारले ट्वाइलेट पेपर स्थानीय स्तरमै ठूलो परिमाणमा उत्पादन हुने भएकाले त्यसको अभाव होला भन्ने चिन्ता नलिन सार्वजनिक सूचना दिँदादिँदै पनि मानिसहरु यसरी बिचलित मनस्थितिमा पुगेको सञ्चार माध्यमले बुधबार जनाएको छ।

सिडनीमा रहेको देशकै सबैभन्दा ठूलो सुपरमार्केटमा ट्वाइलेट पेपर केही मिनेटमै सकिने गरिएको छ। फलस्वरूप ग्राहकहरुले एक पटक चार प्याक मात्र किन्न पाउने सीमा तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्