क्षमा मागियो

0
Shares

सोल, (एजेन्सी)
दक्षिण कोरियाको कोरोना भाइरस महामारी फैलिएको मुख्य क्षेत्रमा रहेको एउटा धार्मिक सम्प्रदायका प्रमुखले भाइरस फैलिएकोमा राष्ट्रसँग सोमबार औपचारिक रूपमा क्षमायाचना गरेका छन्।

सिन्चेओन्जी चर्च अफ जिससका अध्यक्ष ली मान हिले पत्रकार सम्मेलनमा घुँडा टेकेर माफी मागेका हुन्। दक्षिण कोरियाका चार हजार भन्दा बढि कोरोना भाइरस संक्रमितमध्ये करिब ६० प्रतिशत व्यक्ति यस सम्प्रदायका सदस्य छन्। सोमबारसम्ममा चीनपछिको बढी भाइरस प्रकोप रहेको दक्षिण कोरियामा ४ सय ७६ जना नयाँ संक्रमित भेटिएका छन्।