फाँसीमाथि पुनः रोक

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
दिल्लीको एक अदालतले निर्भया बलात्कार तथा हत्या मामिलामा चारैजना दोषीहरूलाई मार्च ३ मा दिने भनिएको फाँसी अर्को आदेशसम्मका लागि रोक लगाएको छ। अदालतले पवन गुप्ताको दया याचिका राष्ट्रपतिसमक्ष गएकोेले उक्त फैसला दिइएको हो।

यसैबीच पवन गुप्ताका तर्फबाट दायर गरिएको क्युरेटिव याचिकालाई पनि सर्वोच्च अदालतले सोमबार खारेज गरेको थियो। त्यसको लगत्तै गुप्ताले राष्ट्रपतिसमक्ष दया याचिका दर्ता गरेको हो।

पूर्वनिर्धारित कार्यक्रमअनुसार उक्त फाँसी मंगलबार बिहान ६ बजे हुने थियो। यसअघि सोमबार नै दिल्ली पटियाला हाउस अदालतले फाँसी स्थगनकोे आदेश दिन अस्वीकार गरेको थियो।