एभरेस्ट नेपाल कल्चरल गु्रपको अगुवाइमा राजधानीमा दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला चलिरहेको छ।
मेलाको शुभारम्भका अवसरमा बंगलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलङ्का गरी दश देशका कलाकारले कला प्रस्तुत गरेका थिए। दश देशबाट आएका दुई सय पचासभन्दा बढी कलाकार सहभागी कार्यक्रम ब्रज कला कुञ्जका कलाकारले कुमारी नृत्य प्रस्तुत गरेर आरम्भ गरेका थिए। अन्य देशले आप्mनो देशको लोक सांस्कृतिक नृत्य गीत प्रस्तुत गरेका थिए। मेला आगामी आइतबारसम्म जारी रहनेछ।











प्रतिक्रिया