पोर्न स्टार बन्न पुगेका अधिकाशंले आफ्नो बाध्यतालाई अगाडि सार्ने गर्दछन्। तर हालै मात्र पोर्न इन्डस्ट्रिलाई करिअरको रूपमा अघि बढाउने सोच राख्दै पाइला राखेकी एक पोर्न स्टारले अचम्म लाग्दो तरिकाले उनी कसरी २३ वर्षको उमेरमै पोर्न स्टार बनिन् भन्ने पोल खुलासा गरेकी छिन्।
मिकेला नामक ती युवती ओस्कार एकेडेमी अवार्ड विजेता हलिउड निर्माता निर्देशक तथा लेखक स्टीवन स्पीलबर्ग तथा अभिनेत्री केट क्यासकी धर्मछोरी हुन्। मिकेलाले आफू आर्थिक रूपमा स्वतन्त्र हुनका लागि करिअरका रूपमा यो बाटो अंगालेको बताएकी छिन्। जब कि फोब्र्स पत्रिकाका अनुसार उनको पिताको कुल सम्पत्ति २ पोइन्ट १ बिलियन अमेरीकी डलर रहेको छ।
मिकेलाले चर्चित पत्रिका द सनसँगको अन्र्तवार्तामा आफूले आफ्ना मातापिताकै समर्थनमा वयस्क फिल्म उद्योगमा पाइला चाल्ने निर्णय गरेको बताएकी छिन्। समाचारमा जनाइएअनुसार यसभन्दा पहिले उनले आफ्नै सोलो भिडियो बनाउने गर्थिन्। त्यसपछि आफू वयस्क फिल्म उद्योगमा जाने कुरा आफ्नो मातापिता सामू राख्दा समर्थन गरे। यसपछि उनले आफ्ना सामाजिक सञ्जालका फलोअर्स सामु पनि आफ्नो निर्णय शेएर गरिन्। समाचारमा जनाइएअनुसार आफ्ना प्रेमीकाका साथ लिभिङ टुगेदरमा रहेकी उनको यो कदममा उनका प्रेमीले पनि साथ दिएका छन्।











प्रतिक्रिया