ग्रायमी अवार्ड विजयी डफी बलात्कृत

0
Shares

लन्डन, (एजेन्सी)
संगीत क्षेत्रको विश्वकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने ग्रायमी अवार्ड विजयी गायिका डफीले आफूलाई एकजना आक्रमणकारीले बन्धक बनाएर लागूऔषध सेवन गराइ बलात्कार गरेको बुधबार खुलासा गरेकी छन्।
वेल्स निवासी ३५ वर्षीया डफीले इन्स्टाग्राममार्फत आफू सो घटनाको प्रभावबाट पूर्ण रूपमा मुक्त हुनलाई लामो समय लागेको पनि बताएकी छन्। सन् २००८ मा आफूले गाएको ‘मर्सि’ बोलको गीत संयुक्त अधिराज्यको हिट चार्टमा नम्बर वनमा पुग्न सफल डफीले आफ्ना ३३ हजार फलोअर्सलाई भनेकी छन्’, –सत्य कुरो यही हो।’
तर, मरो विश्वास गर्नुहोस् हाल म पूर्ण रूपमा ठीक ठाक छु। मलाई जबर्जस्ती लागूऔषध दिएर बलात्कार गर्दै ती आक्रमणकारीले केही दिन बन्धक बनाएका थिए। डफीको पहिलो एल्बम ‘रकफेर्री’ विश्वका ६ वटा मुलुकमा पहिलो स्थानमा रहन सफल भएको थियो। यसैमार्फत तीनवटा बेलायती अवार्ड थापेपछि अन्ततः उनको पोल्टामा ग्रायमी अवार्ड पनि परेको थियो।