अज्ञात क्षेप्यास्त्र परीक्षण



सोल, (एजेन्सी)
उत्तर कोरियाले सोमबार पूर्वी सागरमा कम दूरीका दुई अज्ञात क्षेप्यास्त्र प्रोजेक्टाइल परीक्षण गरेको छ। उत्तर कोरियाका तर्फबाट यसै वर्ष शुरुआतमा नयाँ रणनीतिक हतियारको चेतावनीपछि गरेको यस प्रकारको पहिलो प्रक्षेपण भएको दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टापले बताए।

उक्त क्षेप्यास्त्र पूर्वी तटस्थित शहर वानसन नजिकको इलाकाबाट अपराह्न समयमा प्रक्षेपण गरिएको सैन्य प्रमुखलाई उद्धृत गर्दै योनाहापले जनाएको छ। दुवै क्षेप्यास्त्र करिब २ सय ४० किलोमिटर उडान भरेको र करिब ३५ किलोमिटर अधिकतम उचाइसम्म पुगेको बताइएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्