नयाँ प्रधानमन्त्री



क्वालालम्पुर, (एजेन्सी)
मलेसियामा शनिबार नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। पूर्वउपप्रधानमन्त्री मुहिद्दीन यासिनलाई देशको नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको मलेसियाली राजप्रसादले जनाएको छ। उनले १ मार्चमा शपथ लिने सरकारी सूत्रले जनाएको छ।
केही दिन अघि मात्र विश्वकै सबैभन्दा वृद्ध प्रधानमन्त्री ९१ वर्षीय महाथिर मोहम्मदको राजीनामापछि नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया शुरू भएको हो।
शाही दरबारमा भएको लामो छलफलपछि नयाँ प्रधानमन्त्री घोषणा भएकोे हो।  महाथिरले विभिन्न आरोपमा कैयौं वर्ष काराबासमा रहेका पूर्वविपक्षी नेता अनवर इब्राहिमलाई प्रधानमन्त्रीका लागि अघि सारेका थिए।

प्रतिक्रिया दिनुहोस्